धितोपत्र बजारमा ७.१३ अङ्कको गिरावट, नेप्से १९२९.७० को विन्दुमा

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव १३ अंकले घटेर १९२९ दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ४६ अंकले घटेर ३७९ दशमलव ६० को विन्दुमा पुगेको छ ।



आज कूल २२८ कम्पनीहरूका ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर रु १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह १ दशमलव २६ अङ्कले र जीवन बीमा उपसमूह २.३६ अङ्कले बढेकाे छ । यता, विकास बैंक उपसमूह ४९.९५ अङ्कले घट्दा वित्त उपसमूह ५.४० अङ्कले, होटल तथा पर्यटन उपसमूह १७.५५ अङ्कले, जलविद्युत उपसमूह १४.०५ अङ्कले, लगानी उपसमूह शुन्य दशमलव ३४ अङ्कले, उत्पादन उपसमूह ३९.४८ अङ्कले, लघुवित्त उपसमूह १९.४४ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०२ अङ्कले, निर्जीवन बीमा २५ दशमलव १६ अङ्कले, अन्य उपसमूह १७.७६ अङ्कले र ट्रेडिङ उपसमूह ७ दशमलव ०६ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x