सोलु हाइड्रोपावरको ५ लाख कित्ता शेयरको लकइन अवधि साउन ११ गते सकिने

सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ५ लाख कित्ता साधारण शेयरको लकइन अवधि आगामी साउन ११ गते समाप्त हुने भएको छ।

कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्दा नियामयकी व्यवस्थाअनुसार सामूहिक लगानी कोषहरूका लागि ५ लाख कित्ता शेयर आरक्षण गरेको थियो। उक्त शेयर सर्वसाधारणमा आइपिओ बाँडफाँट सम्पन्न भएको मिति देखि ६ महिनासम्म लकइन अवधिमा राखिएको थियो।

धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी प्रचलित नियमअनुसार सामूहिक लगानी कोषलाई प्राप्त शेयर निश्चित अवधिसम्म कारोबार गर्न नपाइने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार रोक्का रहेको शेयरको लकइन अवधि अब समाप्त हुन लागेको हो।

लकइन अवधि सकिएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ५ लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।

कम्पनीको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x