नेप्सेमा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ ०३ गते बुधवारका दिन नेपाल बैङ्क लिमिटेड र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधवार नेपाल बैङ्क लिमिटेडको कुल २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल २१ लाख ११ हजार १२७.४६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट नेपाल बैङ्क लिमिटेडले २ प्रतिशत र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा बुधवार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x