हिमालयन हाईड्राेपावरले आज १५ औँ वार्षिक साधारण सभा गर्दै


हिमालयन हाईड्राेपावर लिमिटेडले चैत्र २४  गते (आज) १५ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा वाटरफ्रन्ट रिसाेर्ट लेक साइड पोखरामा दिनको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै, सभाले सञ्चालकहरूको सुविधा वृद्धि गर्ने तथा सोसँग सम्बन्धित नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १४ गते देखि चैत्र २४ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x