आज देखि ईङवा हाइड्रोपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार सम्म रहेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ६ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरी रितपूर्वक शेयर खरिद आवेदन प्राप्त ३ लाख ०६ हजार ८४० कित्ता साधारण शेयर सम्बन्धित आवेदकलाई बाँडफाँड गरेको र जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि छुट्याइएकाे शेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको समेत थप गरी जम्मा १४ लाख ९३ हजार १६० कित्ता शेयर मध्ये १ लाख २० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि निष्कासन गरी शेयर समेत बाँडफाँड गरी २९ हजार ८६३ कित्ता कर्मचारीहरूलाई र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख १७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख २७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x