सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

Gyanmandu | Achieving Excellence Together
सिद्धार्थ बैङ्क लिमिटेडले १ लाख ५७ हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैङ्कले हाललाई उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीबाट मात्र आवेदन माग गरेको हो।

इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौँको नक्सालस्थित बैङ्कको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x