मुक्तिनाथ विकास बैङ्कको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट”

मुक्तिनाथ विकास बैङ्क लि.ले १६ औँ वर्ष  सफलतापूर्वक पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” अभियानको सञ्चालन गरेको छ ।

यस अभियान अन्तर्गत बैङ्कले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरू छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ । दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै  परिमाणमा भए पनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भरता र संलग्नताको लागि प्रोत्साहन गर्न बैङ्कले यो अभियानको सुरुवात गरेको हो । यसबाट संस्थामा बस्नुहुने सदस्यहरूमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरूकता सिर्जना हुने समेत विश्वास लिएको सो बैङ्कले जनाएको छ ।


साथै, बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैङ्कको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैङ्कको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सक्ने व्यवस्था गरेको बैङ्कले बताएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x