खुद ब्याज आम्दानी बढेसँगै साना किसान विकास लघुवित्तको नाफामा ३४.३३ प्रतिशतको वृद्धि

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३४.३३ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ३२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकास लघुवित्तले १ अर्ब ४४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साना किसान विकास लघुवित्तले १७ अर्ब २१ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।


साना किसान विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.४३ प्रतिशतले बढेर ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने लघुवित्तको वितरणयोग्य मुनाफा २६ करोड ९६ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १२४८ को आधारमा मूल्य आम्दानी अनुपात २२.४४ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x