अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्यटक आगमन बढेको छ। निकुञ्जका अनुसार गत आर्थिक वर्षमा २ लाख ७२ हजार ९२३ जना पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका छन्।
अघिल्लो आर्थिक वर्षमा भने २ लाख ३१ हजार ३२९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। यस वर्ष पर्यटक सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो।
गत आर्थिक वर्षमा निकुञ्ज भ्रमण गर्ने पर्यटकमध्ये सार्क मुलुकका २२ हजार ८८३ जना र अन्य मुलुकका ८८ हजार ६६५ जना रहेका छन्। एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्।
निकुञ्जले गत आर्थिक वर्षमा पर्या पर्यटनबाट मात्रै २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। यस्तै, काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत अन्य शीर्षकबाट ३१ करोड १ लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, एक वर्षमा २ लाख ७२ हजारभन्दा बढीले गरे भ्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
