बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी रहेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएकोमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब रुपैयाँ रहने अपेक्षा गरिएको छ।
त्यस्तै, राष्ट्रिय प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ, जुन सबै प्रदेशमध्ये उच्च हो।
गरिबीको अवस्थातर्फ हेर्दा, मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहु आयामिक गरिबी १७.४ प्रतिशत रहेको बेला बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत तथा बहु आयामिक गरिबी ७ प्रतिशत मात्र रहेको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरिएको छ।
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, प्रतिव्यक्ति आय सबैभन्दा उच्च
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
