आरकेडी होल्डिंग्स लिमिटेडलाई गण्डकी प्रदेशको राजधानी पोखरास्थित आन्तरिक राजस्व कार्यालयले गण्डकी प्रदेश अन्तर्गत सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको छ।
यस सम्मानको अवसरमा कम्पनीले आफ्नो आभार व्यक्त गर्दै यो उपलब्धि आफ्नो सञ्चालक समिति, शेयरधनी, र कर्मचारीहरूको अथक मेहनत, ईमान्दारिता र समर्पणको प्रतिफल भएको बताएको छ। आरकेडी होल्डिंग्स लिमिटेडका प्रतिनिधिहरूले यस उपलब्धिलाई कम्पनीका सम्पूर्ण सदस्यहरूको सामूहिक योगदानको परिणाम रहेको उल्लेख गरे।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो, “हामी यस सम्मानको लागि सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी र शुभेच्छुकहरूसँग आभार व्यक्त गर्न चाहन्छौँ। यससँगै, हामी भविष्यमा उत्पादनका साधनहरूको विकास, रोजगारीका अवसरहरूको विस्तार, गुणस्तरीय उत्पादन र प्रभावकारी वितरण प्रणालीमार्फत नेपालको आर्थिक प्रगति र सुन्दर भविष्यमा योगदान पुर्याउने प्रतिबद्धता जनाउँछौँ।”
आरकेडी होल्डिंग्स लिमिटेडले नेपालका विभिन्न क्षेत्रहरूमा उत्पादन र सेवा विस्तार गर्दै आएको छ, र यस सम्मानले कम्पनीको व्यावसायिक सफलता र सामाजिक दायित्वमा गरेको योगदानलाई मान्यता दिएको छ।
आरकेडी होल्डिंग्स गण्डकी प्रदेश अन्तर्गत सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
