अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालको धारणा

नेपाल उद्योग वाणिज्य महासङ्घले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरण को सुधार र आयोग बन्ने सँगै सुधार वर्ष घोषणा भएको छ ।

महासङ्घले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाड मा फलफूल खेती को विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station विकास गर्ने विषय आएका छन् ।

सूचना प्रविधि र start up मा केही सहुलियत र विस्तारका योजना छन् ।

निजी क्षेत्र प्रवर्द्धन जुन महासङ्घको सधैँको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।

बाकि राजश्वमा भएको परिवर्तन अन्य विषयका असर का बारेमा आर्थिक विधेयक हेरेर महासङ्घले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x