आज चन्द्रागिरि हिल्स लिमिटेडले १३ औँ वार्षिक साधारण सभा गर्दै

चन्द्रागिरि हिल्स लिमिटेडले यही पौष २१ गते (आज) १३ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय थानकोट परिसरमा बिहानको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक नाफा-नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १२ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष ११ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x