
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बाँडफाँड सम्पन्न भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आइतबार शेयर बाँडफाँड गरेको हो।
कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ४६ लाख ७४ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर कुल २७ लाख ५९ हजार ४९० जनाबाट आवेदन परेको थियो। तीमध्ये २७ लाख २७ हजार ५१५ आवेदकको आवेदन मात्र स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।
निष्कासित शेयरभन्दा धेरै आवेदन परेकाले धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार गोला प्रथा (लक्की ड्र) विधिबाट शेयर वितरण गरिएको छ। बाँडफाँट परिणामअनुसार ४ लाख ६७ हजार ४०० जना आवेदकले न्यूनतम १०–१० कित्ता शेयर प्राप्त गरेका छन्।
सानिगाड हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
