जीडी फर्मास्युटिकल्सले आइपिओ जारी गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलायो

Gyanmandu | Achieving Excellence Together
जीडी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव अनुमोदनका लागि विशेष साधारण सभा आह्वान गरेको छ।

कम्पनीले असार १ गते सोमबार बिहान ८ बजे काठमाडौँस्थित आफ्नो रजिस्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने जनाएको छ। सभामा आइपिओ जारी गर्ने प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिनेछ।

विशेष साधारण सभाले कम्पनीको जारी पुँजी वृद्धि गर्ने तथा सोअनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने कार्यसूची तय गरेको छ।

यस्तै, कम्पनीको दायित्व व्यवस्थापन तथा पुँजी संरचना सुदृढीकरणका लागि आवश्यक परेमा शेयर बिक्री तथा बाँडफाँडसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस गरिने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x