शिवम् होल्डिङ्सले असोज ५ गते विशेष साधारण सभा बोलायो

शिवम् होल्डिङ्स लिमिटेडले असोज ५ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले सभा गर्ने मिति तय गरेको हो।

कम्पनी रजिस्टर्ड कार्यालयको सभा हल, अनामनगरमा बिहान ११ः३० बजे सुरु हुने सभामा कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ४ को उपदफा १ मा उल्लेखित उद्देश्यहरू संशोधन गर्ने विशेष प्रस्ताव पेस गरिनेछ।

उक्त प्रस्ताव सभाबाट पारित गराउने तयारी कम्पनीले गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x