आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको चौथो कारोबार दिन नेप्से परिसूचक १ दशमलव ६४ अङ्कले घटेर २६८१ दशमलव ५० को विन्दुमा कायम भएको छ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत, सुपरमादी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरुले ७ प्रतिशतका दरले कमाएका छन् ।

यता, एचएलआई लार्ज क्याप फण्डका लगानीकर्ताहरूले ५.५४ प्रतिशतले गुमाउँदा रावा इनर्जि डेभलपमेन्ट लिमिटेड ४.१३ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड ३.८४ प्रतिशत, दरमखोला हाइड्रो इनर्जी लिमिटेड ३.६८ प्रतिशत र कुमारी इक्विटी फण्ड ३.६१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x