आज देखि माया खोला हाइड्रोपावरको आइपिओ विक्री खुल्ला

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र अधिकतम कित्ता १ लाख सम्म तोकेको छ।

कम्पनीको जारी पुँजीको ३४ प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको ३४ लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर अति प्रभावित तथा प्रभावित क्षेत्रका स्थायी बासिन्दाहरूको लागि निष्कासन गरी बाँडफाँड गरिएको र बाँकी रहेको २४ लाख कित्ता शेयरहरू मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता शेयर, ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता कर्मचारीहरूलाई छुट्ट्याइ बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) माघ १७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ २७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्वा प्रणालीबाट आवेदन पेस गर्न सक्नेछन्। साे कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x