यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू

 


साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले घटेर १९०४ दशमलव ४० को विन्दुमा कायम भएको छ। आज कूल २६७ कम्पनीहरूका ३२ लाख ०९ हजार २१४ कित्ता शेयर रु. ९८ करोड ३३ लाख ६७ हजार ३११ मा खरिद बिक्री भए ।


कारोबार रकमका आधारमा एन आई सी एशिया बैङ्कको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ५ करोड ७५ लाख ४३ हजार ४२५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, कुमारी बैङ्क लिमिटेडको प्रवर्द्धक शेयर रु ३ करोड ५३ लाख ८६ हजार ४८० बराबरको शेयर कारोबार भएको छ।

यता, एशियन लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ३ करोड ३३ लाख ७७ हजार ५१५ कारोबार हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडको रु ३ करोड ३३ लाख ३८ हजार ८२५ शेयर र एभरेष्ट बैङ्क लिमिटेडको २ करोड ९१ लाख ७६ हजार १९८ बराबरको शेयर कारोबार भएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x