हिमालयन पावर पार्टनरको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न


हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। कम्पनीले बिक्रीका लागि खुला गरेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद शेयर प्राप्त बोलपत्रका आधारमा वितरण गरेको जनाएको छ।

उक्त शेयर जेठ २७ गतेदेखि असार ४ गतेसम्म गोप्य सिलबन्दी बोलपत्रमार्फत बिक्रीमा राखिएको थियो। प्राप्त आवेदनहरू असार ८ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा खोलिएको थियो भने असार १० गते बसेको सञ्चालक समितिको बैठकले अन्तिम बाँडफाँट अनुमोदन गरेको हो।

कम्पनीका अनुसार यस बिक्रीका लागि प्रतिकित्ता ३४५ रुपैयाँ १० पैसा कट-अफ मूल्य निर्धारण गरिएको छ। सो मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरेका आवेदकहरूलाई माग र सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर वितरण गरिएको छ।

यस्तै, शेयर प्राप्त गर्न नसकेका वा आंशिक रूपमा मात्र शेयर पाएका आवेदकहरूको बाँकी रकम आवेदन फाराममा उल्लेख गरिएको बैङ्क तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x