नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल भाद्र १९ गते बसेको सञ्चालक समितिको १७० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ६.३१५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
निफ्राको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
