
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपिओ बाँडफाँट सम्पन्न भएको छ। नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडको बिक्री प्रबन्धनमा शुक्रवार (कात्तिक १२ गते) बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीको आइपिओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन परेका थिए। कुल १९ लाख ४२ हजार ६८२ जना लगानीकर्ता मध्ये २ लाख ५१ हजार ४९ जना भाग्यशालीले शेयर प्राप्त गर्न सफल भएका छन्, जबकि १६ लाख ९१ हजारभन्दा बढीको हात रित्तो परेको छ।
कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर वितरण गरिएको यस आइपिओमा अत्यधिक माग भएपछि बाँडफाँट ‘गोला प्रथा’ (लक्की ड्र) मार्फत गरिएको हो। नतिजाअनुसार प्रत्येक भाग्यशाली आवेदकले १० कित्ता शेयर प्राप्त गरेका छन् भने तीमध्ये ३ जनाले १ र १ कित्ता थप पाएका छन्।
आइपिओमा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको थियो। श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि असोज २६ गतेदेखि २९ गतेसम्म आइपिओ बिक्री खुला गरेको थियो।
श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट सम्पन्न, २ लाख ५१ हजार लगानीकर्ताले प्राप्त गरे शेयर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
