पाँचथर पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पाँचथर पावर कम्पनी लिमिटेडले यही पौष १८ गते ७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि पौष ०७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष ०६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले वार्षिक साधारण सभा हाेटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ,  त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले रु. ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने सो कम्पनीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x