अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको कुल २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन अवधि आगामी मङ्सिर १३ गतेपछि समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै सम्बन्धित शेयरधनीले आफ्नो शेयर दोस्रो बजारमा कारोबार गर्न पाउनेछन्।
कम्पनीका अनुसार लकइन खुल्ने शेयरमध्ये संस्थापक समूहको २६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको २ लाख ६ हजार ७६० कित्ता तथा कर्मचारीतर्फको ३९ हजार ७६५ कित्ता शेयर रहेका छन्। यी शेयर सर्वसाधारणलाई आइपिओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म कारोबार गर्न नपाइने गरी रोक्का राखिएको थियो।
यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वमा रहेको शेयर भने प्रचलित व्यवस्था अनुसार अझै लकइनमै रहने कम्पनीले जनाएको छ।
हाल दोस्रो बजारमा कम्पनीका कुल ५० लाख ९८ हजार ४० कित्ता शेयर सूचीकृत छन्। लकइनमा रहेका शेयरबाहेक अन्य शेयर भने नियमित रूपमा कारोबार हुँदै आएका छन्। कम्पनीको शेयर मूल्य हाल प्रतिकित्ता ३८४ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको २८.४६ लाख कित्ता शेयरको लकइन मङ्सिर १३ पछि खुल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
