सानिगाड हाइड्रोको आइपिओ बाँडफाँट सम्पन्न, हजारौँ आवेदक खाली हात


सानिगाड हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आइपिओको बाँडफाँट सम्पन्न गरेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आज बाँडफाँट प्रक्रिया टुङ्ग्याएको हो।

कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति पाएकोमध्ये ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाएर चैत ८ देखि ११ गतेसम्म आवेदन खुला गरेको थियो।

उक्त अवधिमा ८३ हजार २४६ जनाबाट आवेदन परेकोमा ८३ हजार २१६ जनाको १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्र सदर भएको थियो। मागभन्दा निकै बढी आवेदन परेपछि गोला प्रथाबाट बाँडफाँट गरिएको हो।

बाँडफाँट अनुसार ५७ हजार आवेदकले न्यूनतम १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २६ हजारभन्दा बढी आवेदकले सेयर पाउन सकेनन्।

यसैबिच, आयोजना प्रभावित क्षेत्रका लागि खुलाइएको आइपिओमा पर्याप्त आवेदन नपरेपछि आवेदन अवधि थप गरिएको कम्पनीले जनाएको छ। उक्त प्रक्रिया सम्पन्न भएपछि मात्रै सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने कम्पनीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x