धितोपत्र बजारमा ८.१६ अङ्कको गिरावट, नेप्से २६६२.९१ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव १६ अङ्कले घटेर २६६२ दशमलव ९१ को विन्दुमा कायम भएको छ। यता, सेन्सेटिभ परिसूचक १ दशमलव ०६ अङ्कले घटेर ४५५ दशमलव ६६ को विन्दुमा पुगेको छ।

आज कूल ३३५ कम्पनीहरूका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर रु. ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० मा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह शून्य दशमलव ७६ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २६ दशमलव ६६ अङ्कले, जलविद्युत उपसमूह ३६ दशमलव ७३ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६३ अङ्कले, जीवन बिमा उपसमूह ५८ दशमलव ०५ अङ्कले, लघुवित्त उपसमूह ११ दशमलव ४२ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव ०४ अङ्कले, निर्जीवन बिमा ५१ दशमलव १३ अङ्कले, अन्य उपसमूह १ दशमलव ७३ अङ्कले र ट्रेडिङ उपसमूह २५ दशमलव ५७ अङ्कले घटेको छ।यता, वित्त उपसमूह १३ दशमलव ७९ अङ्कले बढ्दा होटेल तथा पर्यटन उपसमूह ३१ दशमलव ६३ अङ्कले र उत्पादन उपसमूह ४४ दशमलव ८३ अङ्कले बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x