आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले बढेर १९८० दशमलव ०९ को विन्दुमा कायम भएको छ।

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका शेयरधनीहरुले ८.७० प्रतिशत, रिलायन्स फाइनान्स लिमिटेडका शेयरधनीहरुले ८.३६ प्रतिशत र नागरिक लगानी कोषका शेयरधनीहरुले ८.३१ प्रतिशतका दरले कमाएका छन् ।

यता, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ का लगानीकर्ताहरूले ३.८३ प्रतिशतले गुमाउँदा  मेगा म्युचुअल फण्ड-१ (२.५३) प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड २.५१ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० (२.४०) प्रतिशत र प्रभु स्मार्ट फण्ड १.९४ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x