यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको पाँचौँ कारोबार दिन  नेप्से परिसूचक ३ दशमलव ०० अङ्कले बढेर २०८९ दशमलव ८४ को विन्दुमा कायम भएको छ। आज कूल २६२ कम्पनीहरूका ५१ लाख ३० हजार ५२० कित्ता शेयर रु. १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ९ करोड २३ लाख ६८ हजार ५४५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. ५ करोड ५४ लाख ६० हजार ३६७ बराबरको शेयर कारोबार भएको छ।

यता, आईसिएफसि फाइनान्स लिमिटेडको रु. ५ करोड ०२ लाख ०९ हजार ०६६ कारोबार हुँदा प्रोगेशिभ फाइनान्स लिमिटेडको रु. ५ करोड २६ हजार २९२ र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रु. ४ करोड ९४ लाख ०७ हजार १८१ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x