राधी विद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

राधी विद्युत् कम्पनी लिमिटेडले यही पौष २८ गते बिहीबारको दिन वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ  भने Zoom को ID र Passcode सो कम्पनीले उपलब्ध गराउने बताएको छ ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन उपर छलफल गरी र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कर प्रयाेजनाके लागि चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने छ भने कम्पनीको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x