यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक १ दशमलव ३१ अङ्कले घटेर २१६३ दशमलव ९२ को विन्दुमा कायम भएको छ। आज कूल २६४ कम्पनीहरूका ८४ लाख २४ हजार १०८ कित्ता शेयर रु. ३ अर्ब ०५ करोड २४ लाख १० हजार ६५९ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १४ करोड २३ लाख १७ हजार ०८७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. ९ करोड ३४ लाख ९६ हजार ३२० बराबरको शेयर कारोबार भएको छ।

यता, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ८ करोड ८२ लाख ५९ हजार ४७२ कारोबार हुँदा ज्योति विकास बैङ्क लिमिटेडको रु. ८ करोड ३३ लाख ९४ हजार २३५ र नबिल बैङ्क लिमिटेडको रु. ७ करोड ७७ लाख ८३ हजार २२३ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x