धितोपत्र बजारमा ८.९७ अङ्कको वृद्धि, नेप्से २६७१.०७ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ९७ अङ्कले बढेर २६७१ दशमलव ०७ को विन्दुमा कायम भएको छ। यता, सेन्सेटिभ परिसूचक १ दशमलव ५१ अङ्कले बढेर ४५६ दशमलव ७२ को विन्दुमा पुगेको छ ।

आज कूल ३३७ कम्पनीहरूका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर रु. ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ४ दशमलव ७५ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ६६ दशमलव ८० अङ्कले, वित्त उपसमूह ८ दशमलव ५९ अङ्कले, जलविद्युत उपसमूह ३४ दशमलव ६५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६५ अङ्कले, जीवन बिमा उपसमूह ६३ दशमलव २२ अङ्कले, उत्पादन उपसमूह ५५ दशमलव ०४ अङ्कले र सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव ०४ अङ्कले बढेको छ । यता, होटेल तथा पर्यटन उपसमूह १२१ दशमलव ३४ अङ्कले घट्दा लघुवित्त उपसमूह शून्य दशमलव ६९ अङ्कले, निर्जीवन बिमा १६ दशमलव २७ अङ्कले, अन्य उपसमूह ६ दशमलव २१ अङ्कले र ट्रेडिङ उपसमूह ३ दशमलव ५७ अङ्कले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x