
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २७ दशमलव १९ अङ्कले बढेर २७०८ दशमलव ७० को विन्दुमा कायम भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत, मोदी ईनर्जी लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत, रिडी पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत र खानी खोला हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।
यता, सुपरमादी हाइड्रोपावर लिमिटेडको लगानीकर्ताहरूले ९.९८ प्रतिशतले गुमाउँदा मेगा म्युचुअल फण्ड १ का ६.२५ प्रतिशत, माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका ३.७८ प्रतिशत, पिपुल्स पावर लिमिटेडका ३.३८ प्रतिशत र हिमस्टार उर्जा कम्पनी लिमिटेडका २.७५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
