भुजुङ्ग हाइड्रोपावरको आज देखि आइपिओ विक्री खुल्ला


भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका २० लाख कित्ता साधारण शेयरको आइपिओ विक्री गर्न लागेको हो।

सो कम्पनीले निष्कासन गर्ने २० लाख कित्ता शेयर मध्ये २० हजार कित्ता अर्थात् कुल निष्कासनको २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको र ५० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरी बाँकी रहने ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) माघ १५ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ २६ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x