नेप्सेमा आशा लघुवित्तको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २९ गते शुक्रवारका दिन आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रवार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ४ लाख ७७ हजार ०२० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १४.२८५७ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा शुक्रवार सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x