फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७ लाख ६० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। सो उद्देश्यका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
कम्पनीको अधिकृत तथा जारी पुँजी ८० करोड रुपैयाँ रहेको छ। सोही जारी पुँजीको २२ प्रतिशत बराबरको १७ करोड ६० लाख रुपैयाँ सम्पूर्ण आइपिओका रूपमा प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा सर्वसाधारणमा ल्याइनेछ। आइपिओ परियोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणलगायत समूहमा छुट्टाइने कम्पनीले बताएको छ।
कात्तिक २६, २०८२ मा सम्पन्न सम्झौतामा फेदीखोला हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकारी दीपेश कुमार वैद्यले हस्ताक्षर गर्नुभएको हो ।
भोजपुरको सापाल्पासिलिछो गाउँपालिका–६ मा निर्माणाधीन ४.३ मेगावाट क्षमताको फेदी (थुमलुङ) खोलाको जलविद्युत परियोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ। हालसम्म करिब ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र २०८२ माघभित्रै परियोजना सञ्चालनमा ल्याउने अभियान कम्पनीले अघि बढाएको छ।
फेदीखोला हाइड्रोपावर १७ लाख ६० हजार कित्ता आइपीओ जारी गर्ने तयारीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
