नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले यही चैत्र ०३ गते २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १९ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा  फाल्गुन १८ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।कम्पनीले साधारण सभा डेलिश ओपेरा रेष्ट्राे एण्ड बैँक्वेट, बालुवाटार, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आ.व  २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि महालेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।
        
            
    
    