यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ७३ अङ्कले घटेर २०७२ दशमलव २४ को विन्दुमा कायम भएको छ। आज कूल २८३ कम्पनीहरूका ७९ लाख ८८ हजार ९८६ कित्ता शेयर रु. २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १२ करोड ७८ लाख १३ हजार ७१९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १२ करोड ५४ लाख ३९ हजार ४०९ बराबरको शेयर कारोबार भएको छ।

यता, सोल्टी हाेटल लिमिटेडको रु. १० करोड ६७ लाख ६५ हजार ४०८ कारोबार हुँदा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडको रु. ६ करोड ६१ लाख ५८ हजार ९३४ र मञ्जुश्री फाइनान्स लिमिटेडको रु. ६ करोड ५६ लाख ०७ हजार ६८० बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x