
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले बढेर २८२० दशमलव ४४ को विन्दुमा कायम भएको छ।
सालपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीको लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका शेयरधनीहरुले पनि १० प्रतिशत, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत, होटेल फोरेस्ट इन् लिमिटेडका शेयरधनीहरुले ९.९३ प्रतिशत र दरमखोला हाइड्रो इनर्जी लिमिटेडका शेयरधनीहरुले ९.४६ प्रतिशतका दरले कमाएका छन् ।
यता, कुमारी सबल योजनाका लगानीकर्ताहरूले ३.७२ प्रतिशतले गुमाउँदा एनआईबिएल ग्रोथ फण्ड ३.५४ प्रतिशत, त्रिशुली जल विद्युत कम्पनी लिमिटेड ३.१४ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड ३.०३ प्रतिशत र कालिका पावर कम्पनी लिमिटेड २.४७ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
