साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ३९.९२ अङ्कको वृद्धि


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर २६०० दशमलव २२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ६३ अङ्कले बढेर ४४८ दशमलव २९ को विन्दुमा पुगेको छ ।

आज कूल ३३४ कम्पनीहरूका १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर रु. ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव ०४अङ्कले घटेकाे छ । यता, बैङ्किङ उपसमूह १८ दशमलव १४ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ९८ दशमलव २७ अङ्कले, वित्त उपसमूह ३६ दशमलव १५ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १०४.४४ अङ्कले, जलविद्युत उपसमूह ४४.५६ अङ्कले, लगानी उपसमूह २.०९ अङ्कले, जीवन बिमा उपसमूह ३२५.५४ अङ्कले, उत्पादन उपसमूह ११५.७३ अङ्कले, लघुवित्त उपसमूह ८८.७८ अङ्कले, निर्जीवन बिमा २०९.७० अङ्कले, अन्य उपसमूह २७.४६ अङ्कले र ट्रेडिङ उपसमूह ९.५६ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x