पुँजी बजारका समस्या समाधान गर्न सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन

सत्ताधारी नेकपा एकालेले पुँजी बजारका समस्या समाधान गर्न सशक्त पहल गर्ने घोषणा गरेको छ ।

एमालेले पुँजी बजार तथा वित्तीय क्षेत्रका ब्यवसायीहरूकाे सङ्गठन पुँजी तथा वित्त बजार सङ्घको घोषणा गर्दै यस्तो पहल गरेको हो ।

सङ्घको पहिलो राष्ट्रिय भेलाले सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्ण गिरि र महासचिवमा  कुमार पौडेल छन् भने सचिवमा डिल्लीराम पङ्गेनी हुनुहुन्छ । बलराम राई कोशाध्यक्ष रहेको समितिका सदस्यमा सीए सञ्जीव ढकाल,वीर बहादुर तामाङ,तेज प्रसाद अर्याल,बुद्धिराज ढकाल,राजेश कार्की, दीपक अधिकारी,सङ्गीता तिमिल्सीना,अमृत खड्‌का,प्रकाश भुसाल हुनुहुन्छ ।

समितिका सल्लाहकारमा तिलक कोइराला,राधा पोखरेल,धर्म सापकोटा र राज कुमार तिमिल्सिना हुनुहुन्छ ।

सो सङ्घ पुँजी बजार सम्बन्धी एमालेको पहिलो र आधिकारिक सङ्घ हो । सङ्घको गठनसँगै अबका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा सशक्त रूपमा आवाज उठाउने संयोजक ढकालले बताउनुभयो । यसरी अहिलेको सरकारले पुँजी र वित्त बजारको समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै अब संस्थागत रूपमै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

यसै गरी महासङ्घका संयोजक भागिरथ सापकोटाले अबका दिनमा नव गठित ६३ लाख लगानी कर्ताको हितमा काम गर्नुपर्ने बताउनुभयो । साथै सो सङ्घ पार्टीको आधिकारिक संस्था भएकाले पुँजी वित्त बजार मैत्री नीति नियम बनाउन पार्टीको होक तह र तप्कामा पुगेर पहल गरिने जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x