
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर २७४५ दशमलव ६५ को विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव २४ अङ्कले बढेर ४६७ दशमलव ३३ को विन्दुमा पुगेको छ ।
आज कूल ३३५ कम्पनीहरूका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर रु. ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ट्रेडिङ उपसमूह यथावत् रहेकाे छ । यता, बैङ्किङ उपसमूह ९ दशमलव ६३ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ५४ दशमलव २२ अङ्कले, वित्त उपसमूह ४३ दशमलव ८६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ११६.३३ अङ्कले, जलविद्युत उपसमूह ६४.८५ अङ्कले, लगानी उपसमूह १.१३ अङ्कले, जीवन बिमा उपसमूह ७९.२३ अङ्कले, उत्पादन उपसमूह १५६.५१ अङ्कले, लघुवित्त उपसमूह ८.१६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १२ अङ्कले, निर्जीवन बिमा १६१.७१ अङ्कले र अन्य उपसमूह २२.६७ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा २७.४९ अङ्कको वृद्धि, नेप्से २७४५.६५ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
