
बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले पुनः ५५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले भदौ २४ गते निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम बैङ्किङ प्रणालीबाट खिच्न लागेको हो।
निक्षेप सङ्कलनका लागि आज दिउँसो ३ बजेसम्म राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरमा प्रतिस्पर्धा गर्दै बोलकबोल गर्नुपर्नेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैङ्कका अनुसार यो ५६ दिने निक्षेप सङ्कलन उपकरण हो। यसमा सङ्कलित रकमको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले ५५ अर्ब निक्षेप सङ्कलन गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
