फरर्वाड माइक्राेफाइनान्सको नाफामा ६५.६ प्रतिशतकाे व्यापक वृद्धि,प्रतिशेयर आम्दानी १०० माथि

forward microfinance

 

ज्ञानमाण्डू। फरर्वाड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६५.६५ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५१ कराेड ३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ८४ कराेड ५३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

८४ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फरर्वाड माइक्राेफाइनान्सले १९ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तकाे सापटी रकम १० अर्ब ८ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

Click here to join Gyanmandu.com's Viber Community

फरर्वाड माइक्राेफाइनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.८३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २७२० काे आधारमा मूल्य आम्दानी अनुपात २७.१७ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x