हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बुधवार बिहान गोला प्रथामार्फत बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो।
आइपिओमा कुल २० लाख ४४ हजार ४५६ जनाले आवेदन दिएका थिए। तीमध्ये १ लाख ४४ हजार १६७ जनाको आवेदन विभिन्न प्राविधिक कारणले रद्द गरिएको छ। बाँकी १८ लाख ९५ हजार ३७६ जनाको आवेदनलाई मान्य ठहर गरी गोला प्रथा अनुसार बाँडफाँट गरिएको हो।
बाँडफाँट अनुसार ७७ हजार ३९७ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। थप पाँच जनाले १/१ कित्ता अतिरिक्त शेयर पाएका छन् भने करिब १८ लाखभन्दा बढी आवेदकले शेयर प्राप्त गर्न सकेनन्।
कम्पनीले प्रति कित्ता रु. १०० अङ्कित दरमा ११ लाख १९ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियो। जसमध्ये आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता, कर्मचारीका लागि १८ हजार ६५० कित्ता, र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता छुट्टाइएको थियो। बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
शेयर बाँडफाँटपछि सफल आवेदकले केही समयमै शेयर आफ्नो डीमैट खातामा प्राप्त गर्नेछन् भने असफल आवेदकको रकम बैङ्क खातामा फिर्ता गरिनेछ।
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, ७७ हजारले पाए शेयर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
