आजसम्म कायम शेयरधनीले घलेम्दी हाईड्राेकाे वार्षिक साधारण सभामा भाग लिन पाउने

घलेम्दी हाईड्राे लिमिटेडले यही वैशाख १६ गते नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ।कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि वैशाख ०७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा वैशाख ०६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले वार्षिक साधारण सभा सासा ब्याङ्केट, नयाँबजार, काठमाण्डाैँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै सभाले कम्पनीको १:२ हकप्रद शेयर निष्कासन गरी छुजुङ्ग खोला जलविद्युत आयोजनामा ६३ मे.वा. (PRoR) लगानी गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x