आज देखि बिपिडब्लु लघुवित्तको आइपिओ विक्री खुल्ला

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन १८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ जसमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म खरिद गर्न आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजीको ३२.३३ प्रतिशत अर्थात् ९७ हजार कित्ता साधारण शेयर (प्रति शेयर रु. १०० अङ्कित दर) मध्ये जारी पुँजीको ०.५० प्रतिशत ले हुन आउने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा  सर्वसाधारणहरुलाई छुट्टयाएकाे शेयर मध्येको ५ प्रतिशत अर्थात् ४ हजार ८५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा  १० प्रतिशत अर्थात् ९ हजार ७०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि सुरक्षित गरी बाँकी रहने ८० हजार ९५० कित्ता साधारण शेयरहरू सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।


सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा)  फाल्गुन २३ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा चैत्र ०२ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्वा प्रणालीबाट आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x