महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फाल्गुन २१ गते ५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन ०५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा फाल्गुन ०४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारण सभा आगन्तुक रिसाेर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व  २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजीको ४७.५ प्रतिशतका दरले हुन आउने रकम रु. ७ करोड ६२ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र २.५ प्रतिशतका दरले हुन आउने रकम रु. ३६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

सभाले यस वित्तीय संस्थाले अन्य इजाजतप्राप्त "घ" वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x