थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटो मोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रूपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्त्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्त्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रूपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्साउँछ । रायोंग प्लान्टमा अत्याधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालीन सप्लाई चेन रहेको छ जहाँबाट चांगानको ग्रिन र स्मार्ट कारको उत्पादन मात्र नभई विश्वव्यापी अपरेसन पनि हुनेछ ।

चांगानको पहिलो अन्तर्राष्ट्रिय इभी हबमा उत्पादन भएका कारको विक्री वितरण दक्षिण पूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका र युरेसिया बजारमा हुनेछ । यो प्लान्टको क्षमता हाललाई वार्षिक एक लाख युनिट रहेको छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्‍याइनेछ ।

सन् २०२३ मा थाइल्यान्डमा चांगान ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट विक्री भइसकेको छ र यहाँको ‘टप फोर एनईभी ब्रान्ड’ बन्न सफल भएको छ । राइट ह्यान्ड ड्राइभ दिपल एस०५ रोल आउट गर्दै चांगानको नयाँ प्लान्टको उद्घाटन भएको हो । यो मोडेल केही समयमै नेपालमा सार्वजनिक हुँदै छ । योसँगै चांगानको कुल उत्पादन दुई करोड ८५ लाख ९० हजार युनिट पुगेको छ ।

तीन लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिंग, पेन्टिङ, एसेम्ब्ली, इन्जिन र ब्याट्री प्रडक्सन गरी पाँच वर्कसप रहेका छन् । यसको वातावरणमैत्री डिजाइनले डे–लाइट, सौर्य ऊर्जा र पानीको पुनः प्रयोग गर्छ । अत्याधुनिक अटोमेसन र एडाप्टिभ सिस्टमले विश्व बजारको मागअनुसारको उच्च गुणस्तरको उत्पादन प्रत्याभूत गर्छ । यो प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका इभी उत्पादन हुनेछ ।

चांगानको विश्व नीति हालको ट्रेन्डहरू दीर्घकालीनता (सस्टेनेबिलिटी) र स्थानीय करण (लोकलाइजेसन)मा आधारित छ । दुई वर्षअघि थाइल्यान्डमा सार्वजनिक भएपछि चांगानले निकै लोकप्रिय दिपल एस०७ र अवतार११ समेत गरी सात वटा मोडल लन्च गरिसकेको छ । रायोंग प्लान्टले चांगानको ४१ वर्ष कार उत्पादनको अनुभवलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

चांगानका अध्यक्ष जु हुरोंगले विश्व चुनौतीका बाबजुद स्थानीय इकोसिस्टम बनाउनेमा प्लान्टको महत्त्वपूर्ण भूमिका हुने बताए । रायोंग प्लान्टले चांगानको अन्तर्राष्ट्रिय ‘न्यु इनर्जी भेहिकल हब’को काम गर्नेछ । थाई समन्वय र चिनियाँ विशेषज्ञताको सम्मिश्रणमार्फत चांगानले आर्थिक वृद्धि र विश्व अटो बजारलाई अघि बढाउने लक्ष्य लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x