प्रभु बैङ्क र होटेल यार्शा बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ ।
होटेल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटेल हो । यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यस सहकार्य अन्तर्गत प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले होटेल यार्शामा निम्न छुटहरू पाउन सक्नुहुनेछ:
होटेल कोठामा १५५ छुट
- खाना तथा पेय पदार्थमा ५५ छुट
- यी छुट अफरहरूले ग्राहकहरूलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग गर्नेछ ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।