पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने

नेपालकै सबैभन्दा ठुलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लु फेस्ट” आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

असार १ देखि ६ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लु फेस्टमा निम्न विशेष अफरहरू समावेश छन्:

·       जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।

·       यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्याङ्कन।

·       अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्याङ्कन (कर चुक्ता अनिवार्य)।

·       एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।

·       रु. ६,००० सम्मको नगद छुट।

·       फ्री एक्सेसरिजहरू।

·       निःशुल्क आर्थिक वर्ष ०८२/८३को सडक कर भुक्तान।

·       गारण्टरबिना सहज फाइनान्सिङ सुविधा।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङप्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। ARAI प्रमाणित ७१.३३ कि.मी. प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid देखि स्टाइलिश र स्पोर्टी लुकसहितको Yamaha R15 V4 सम्म, यामाहाले आफ्नो स्तर सधैँ उच्च राखेको छ। सडकमा दमदार उपस्थिति चाहनेहरूले MT-15 V2 र FZ V3 सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा Aerox 155 ले आफ्नो फरक पहिचान बनाएको छ। अफ-रोडका लागि WR155R जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन्। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ।

यामाहा ब्लु फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो सवारी संस्कृतिको उत्सव पनि हो, जसमा इनोभेसन, फन र कम्युनिटी बिचको सम्बन्ध मिसिएको छ। त्यसैले तपाईँ आफ्नो बाइक अपग्रेड गर्न खोजिरहनुभएको छ अथवा केवल फेस्टिभलको मजा लिन चाहनुहुन्छ भने, यो हप्ता यामाहा ब्लु फेस्ट पोखरा नै तपाईँको लागि सही गन्तव्य हुन सक्छ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका लागि परिचित छ। यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x